पश्चिमी वायुको प्रभावले हावाहुरी: मौसमविद

कैलाली र कञ्चनपुरमा बिहीबार साँझ चलेको भीषण हावाहुरी पश्चिमी वायुकै प्रभाव रहेको जल तथा मौसम पूर्वानमान महाशाखाले जनाएको छ।
भारतको राजस्थान क्षेत्रको मौसमी प्रभाव नेपालको पश्चिमी भूभागमा देखिएको महाशाखाले जनाएको हो। भीषण हावाहुरीको आफूहरुले पूर्वानुमान भने नगरेको मौसमविद बिभुती पोखरेलले बताइन्।
सामान्य मेघ गजर्नसहितको पानी पर्न सक्ने अनुमान भएपनि भीषण र भयावह हावाहुरीको पूर्वानुमान नरहेकोले थप अध्ययन भने आवश्यक रहेको पोखरेलको भनाई छ।
उनले आज पश्चिमी क्षेत्रको मौसम सफा रहने तर मध्य र पूर्वका क्षेत्रमा बदली कायम रहने सम्भावना रहेको जानकारी दिइन्।




