सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पहिरोले विद्युत गृह पुरियो

२०७६ जेठ २४, ०८:४६ खबर संवाददाता

पहिरोले विद्युत गृह पुरिदा झण्डै ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्। जिल्लाको मष्टा गाउँपालिकामा १ मा संञ्चालन भएको डुग्रीगाड लघु जल विद्युत आयोजनाको विद्युत गृह पहिरोले पुरिदा सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका हुन।
एक्कासी विद्युतको गृहको माथीबाट सुख्खा पहिरो खस्दा अठार किलोवाट क्षमता भएको पावरहाउस बन्द भएको स्थानिय बिरेन्द्र रोकायाले बताए। पहिरोले विद्युत गृह पुरिदा मष्टा गाउँपालिका का लेकी, जिन्नाडा,समदेउ र डुग्रीका बासिन्दाहरु अन्धकार बस्न बाध्य भएको उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस