सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णाली पुलबाट हाम फालेर एक जना बेपत्ता

२०८१ साउन ५, ०९:३० खबर संवाददाता

धनगढीः कर्णाली पुलबाट हाम फालेर एक जना नदीमा बेपत्ता भएका छन्।

आज (शनिवार) लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित परिचय र ठेगाना नखुलेका अन्दाजी ६५ वर्षीय पुरूषले कर्णाली पुलबाट हाम फालेको प्रहरीले जनाएको छ।

नदीमा बेपत्ता भएका उनको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगी नेतृत्वको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस