सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

२०८१ साउन ५, ११:१३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिइएको छ।

धनगढी उपमहानगरपालिका–३ चौराह, धनगढी उपमहानगरपालिका–१३ राजपुर र टीकापुर नगरपालिका–९ पायलगाउँको भित्रि सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ९१ हजार ६६० मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त स्थानबाट डिउ, प्याज, चिनी, सुर्ती, बिडी, कुरकुरे, लिचिका बोट, कागतीका बोट, अंगुरका बोट, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस