सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री स्वयंम सेवक परिचालन कार्यक्रम हटाउन माग गर्दै संशोधन प्रस्ताव दर्ता

.

२०७६ जेठ २३, ०६:२९ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले आईतबार प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम संशोधन गर्न माग गरिएको छ। नेपाली कांग्रेसले आज प्रदेशसभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गर्दै नीति तथा कार्यक्रमका केही बुँदा संशोधन र हटाउन माग गरेको छ। कांग्रेसका सचेतक एवं प्रदेशसभा सदस्य गोविन्दराज बोहोराले नीति तथा कार्यक्रम संशोधन गर्न माग गर्दै प्रस्ताव दर्ता गराएका हुन्।

बोहोराले दर्ता गरेको संशोधन प्रस्तावमा नीति तथा कार्यक्रमको ९३ नम्बर बुँदामा मुख्यमन्त्री अन्तर प्रदेश खेलकुद प्रतियोगितालाई निरन्तरता दिईनेछ भन्नेमा खेलाडी छनौट गर्दा जिल्ला स्तरीय प्रतियोगिता मार्फत छनौट गर्ने नीति अवलम्बन गरिनेछ भन्ने वांक्याश थप्न माग गरिएको छ। प्रदेश भित्रका प्रत्येक जिल्लाका खेलाडीहरुलाई सहभागी हुने अवसर प्रदान गर्नुपर्ने भएकाले उक्त वांक्याश थप गर्नुपर्ने देखिएको प्रस्तावमा उल्लेख गरिएको छ।

यस्तै नीति तथा कार्यक्रमको ९४ बुँदामा उल्लेख गरिएको प्रदेशको विकास र स्वरोजगारीलाई टेवा पुग्ने गरी मुख्यमन्त्री प्रदेश स्वंयम सेवक परिचालन कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिने व्यवस्था हटाउन माग गरिएको छ। प्रदेश सरकारको ठुलो धनराशी स्वंयम सेवक परिचालनको नाममा कार्यकर्तालाई वितरण हुने सम्भावना भएकाले उक्त व्यवस्था हटाउनुपर्ने  संशोधन प्रस्तावमा उल्लेख गरिएको छ।

कांग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले मुख्यमन्त्री अन्तर प्रदेश खेलकुद प्रतियोगितामा यसवर्ष खेलाडी छनौटमा मनोमानी गरिएकाले जिल्ला स्तरबाट खेलाडी छनौट गरिनेछ भन्ने व्यवस्था गर्न माग गरिएको जानकारी दिए। उनले मुख्यमन्त्री स्वयम सेवक कार्यक्रममा पनि कार्यकर्ता पोस्ने सम्भावना देखिएकाले  उक्त व्यवस्था हटाउन माग गरिएकाृे बताए। 
 
   

कमेन्ट लोड गर्नुस