सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकल महिला भत्ताबाट हरियाली प्रवर्द्धन गर्न उपमहानगरलाई सहयोग

२०८१ साउन ४, ०३:२९ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा तेस्रो चरणको हरियाली प्रवर्द्धन कार्यक्रम सुरू भएको छ। हरिया प्रवर्द्धन कार्यक्रमका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारी "बी" गाउँकी दलसरी घर्तीमगरले पाँच हजार रुपैयाँ सहयोग गरेकी हुन्। उनले एकल महिला भत्ता बुझेर रुख रोप्न सहयोग गरेकी हुन्।

उनले आफ्ना स्वर्गीय पति पूर्णप्रसाद घर्तीमगरको स्मृतिमा एक बिरुवा रोप्न सहयोग गरेकी हुन्।

उपमहानगरपालिकाले हरियाली प्रवर्द्धन कोषमा सहयोग गर्न इच्छुकलाई राष्ट्रिय वाणिज्य बैंक धनगढीमा रहेको धनगढी उपमहानगरपालिकाको खाता नम्बर ४१०१००३०५०१०००२ मा सहयोग रकम जम्मा गर्न आग्रह गरेको छ। यस्तै, हरियाली प्रवर्द्धन कार्यक्रममा सहयोग गर्न इच्छुक व्यक्तिले नगरपालिकामा आफै आएर या मोबाइल नम्बर ९८५८४८८८९५ मा फोन गरेर थप कुरा बुझ्न सकिने बताइएको छ।

कमेन्ट लोड गर्नुस