सुदूर नेपाललाई विश्वसँग जोड्दै

रिचार्ज कार्ड र नगद  चोरी गर्ने बझाङका एक युवक पक्राउ

२०८१ साउन ४, ०७:३७ खबर संवाददाता

बझाङः रिचार्ज कार्ड र नगद चोरी गर्ने बझाङका एक युवक पक्राउ परेका छन्। बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ का २५ वर्षीय हिक्मत गिरी जयपृथ्बी नगरपालिका-१० चैनपुर बजारबाट २ गते बुधवार पक्राउ परेका हुन्।

रिचार्ज कार्ड बेचिरहेको गिरीको साथबाट रिचार्ज कार्ड २० हजार र नगद  १३ हजार आठ सय पन्चानब्बेसहित बरामद गरी नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी किशोर जोशीले जानकारी दिए। 

असार २९ गते राति छबिसपाथिभेरा गाउँपालिका-१ भाँडेबजारमा पसल गरि बस्ने दमन रावत, कुम्भ राज उपाध्याय र दिनेश बिकको पसलबाट रिचार्ज कार्ड र नगद चोरी भएको भनि असार ३१ गते अस्थायी प्रहरी पोष्ट बगडगाँउ बझाङमा सयुक्त रुपमा निबेदन दिएको हुँदा अनुसन्धान गर्दै जाँदा गिरीलाई चैनपुर बजारमा रिचार्ज कार्ड बेचिरहेको अवस्थामा प्रहरीले फेला पारी उनलाई जिल्ला प्रहरी कार्यालय बझाङ ल्याई थप अनुसन्धान भई रहेको जोशीले बताए।  
 

कमेन्ट लोड गर्नुस