सुदूर नेपाललाई विश्वसँग जोड्दै

रूसमा फाइभजी विस्तार गर्ने सम्झौता

। फोटो स्रोत ।
२०७६ जेठ २३, ०४:४५

रूसमा फाइभजी नेटवर्क विस्तारको सम्झौतामा बुधबार हस्ताक्षर भएको छ। रूस भ्रमणका गएका राष्ट्रपति चिनफिङ र रूसी समकक्षी भ्लादमिर पुटिनबीच हुवावे र एमटिएस कम्पनीबीच यही वर्ष रूसमा पाइलट प्रोजेक्ट रूपमा फाइभजी विस्तार सुरू हुने गरि सम्झौतामा हस्ताक्षर भएको हो।

उता अमेरिकाले भने राष्ट्रिय सुरक्षामा खतरा हुने भन्दै हुवावेमाथि प्रतिबन्ध लगाएर सहयोगी राष्ट्रहरूलाई पनि हुवावेसँग फाइभजी सम्झौता नगर्न आग्रह गरेको छ। पछिल्लो समय अमेरिकी सर्च इन्जिन कम्पनी गुगलले हुवावेका स्मार्ट फोनमा आफ्ना सुविधाहरू (जिमेल, म्याप, युट्युब) राख्न नदिने भएपछि हुवावे समस्यामा परेको छ।

जारी व्यापार युद्धबीच अमेरिकाले आफ्नो देशको कम्पनीलाई कालोसूचीमा राखेपछि चीनले देशभित्र फाइभजी सेवा विस्तार गर्न चार कम्पनीलाई लाइसेन्स दिएको छ। चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले चाइना मोबाइल, चाइना युनिकम, चाइना टेलिकम फाइभजी सञ्चालनको लाइसेन्स दिएको छ।

त्यस्तै टेलिकम्युनिकेसन अपरेटर चाइना ब्रोडकास्टिङ नेटवर्कले पनि फाइभजीको लाइसेन्स पाएको चिनियाँ सञ्चारमाध्यमहरूले जनानएका छन्। अमेरिका, दक्षिण कोरिया, बेलायत र अष्ट्रेलियाले भने यसअघि नै फाइभजी विस्तारको तयारी अघि बढाइसकेका छन्।

कमेन्ट लोड गर्नुस