सुदूर नेपाललाई विश्वसँग जोड्दै

सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३, ०९:५४ खबर संवाददाता

जिगोङ: चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ सहरमा भएको हो । रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ । घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ ।

हाल आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो । चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ ।

कमेन्ट लोड गर्नुस