सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागूऔषधसहित २ जना पक्राउ

२०८१ साउन ३, ०७:४० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-७ मोतीचोकबाट सोही ठाउँ बस्ने ३० वर्षीय नरेश राना र २६ वर्षीय रामकृष्ण राना बुधवार पक्राउ परेका हुन्।

नरेशले चलाएको सुदूरपश्चिम प्रदेश ०१००९ प ३५९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा सोही मोटरसाइकलमा पछाडी सवार रामकृष्णको साथबाट ८० मिलिग्राम लागूऔषध (खैरो हिरोईन) फेला पारी दुुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाईकलसहित दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस