सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषधसहित डोटीका एक किशोर पक्राउ

२०८१ साउन २, ०७:२१ खबर संवाददाता

धनगढीः कैलालीमा लागूऔषधसहित डोटीका एक किशोर पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ बिशालनगरबाट डोटीको जोरायल गाउँपालिका–४ घर भई हाल बिशालनगर कोठा गरि बस्ने १८ वर्षीय किशोरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार किशोरीलाई ९ सय ८० मिलिग्राम लागूऔषध (खैरो हिरोईन)सहित फेला पारी नियन्त्रणमा लिईएको हो। ती किशोरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।  

कमेन्ट लोड गर्नुस