सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरी भट्ट र भरत भट्टको ‘माल पहाड’ सार्वजनिक (भिडियो सहित)

२०८१ साउन १, ०४:०६

अत्तरियाः सुदूरपश्चिमकी गायिका गौरी भट्ट र लोक देउडा गायक भरत भट्टको स्वरमा ‘माल पहाड’ गीत सार्वजनिक भएको छ। माल पहाड गीत वीर बोहराको यूटुव च्यानल मार्फत सार्वजनिक भएको हो।

सुदूरपश्चिमको लोक देउडा संस्कृति जोगाउदै मौलिक संस्कृतिलाई उजागर गर्दै सुदूरपश्चिमका विभिन्न ठाउँमा छायाङ्कन गरेर देउडा पन झल्कने गीतको झलक भट्टको उत्कृष्ट शब्द÷लय रहेको भने उक्त गीतको एरेन्जर गायक भरत भट्टले गरेका छन। रमेश बिजुली बिसीको कोरियोग्राफर र निर्देशनमा रहेको उक्त गीतमा वीर बोहरा र मनीषा सिंह ठकुरीले अभिनय गरेका छन।

सुदूरपश्चिमका पहाडी जिल्लामा रहेको संस्कृतिलाई जगेर्ना गर्नका लागि देउडा खेल मार्फत अमृत उपाध्यायले छायाङ्कन गरेका छन भने दृश्य निर्माण जुम प्रोडक्सनले गरेको हो। यस गीतको म्युजिक भिडियो सुदूरपश्चिमको तराई र पहाडको अमिश्रणको झल्को दिने गरी छायाङ्कन गरिएको गाउँ परिवेशलाई भिडियोमा कैद गरी छायाङ्कन गरिएको निर्माण पक्षले बताएको छ।

 

कमेन्ट लोड गर्नुस