सुदूर नेपाललाई विश्वसँग जोड्दै

कम्पनीमा दर्ता गर्न अटेर गर्ने यातायात व्यवसायीको रुट परमिट खारेज गरिने

। फोटो स्रोत ।
२०७६ जेठ २३, ०१:०५

सरकारले कम्पनीमा दर्ता हुन अटेर गर्ने गाडीको रुट परमिट खारेज हुने जनाएकको छ। सरकारले कम्पनी दर्ता गर्न सबै यातायात व्यवसायीलाई तीनपटक समय थपे पनि केही व्यवसायले भने अटेरी गरेका छन। 
सार्वजनिक यातायात समितिलाई कम्पनीमा आउन अन्तिम पटक थपिएको म्याद आइतबार सकिसकेको छ। 

अहिलेसम्म मात्र १ हजार ६७४ व्यवसायी कम्पनीमा दर्ता भएका छन् भने यातायात व्यवसायीका विभिन्न संघ र संस्था मिलेर बनेका समितिको संख्या झण्डै ३ सय रहेकोमा १५० समिति मात्र कम्पनीमा गएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अबको एक हप्ताभित्र यसबारे निर्णय गरिने बताएका छन्।

‘पहिले आउन नमानेका सबै ठूला यातायात समितिहरु अहिले कम्पनीमा आइसकेका छन्, तर आउन नचाहनेहरुलाई कारबाही गर्ने बताए। उनले यसअघि पनि कम्पनीमा दर्ता नहुने व्यवसायीको रुट परमिट खारेज हुने बताएका थिए तर धेरै समिति कम्पनीमा दर्ता नभएपछि सरकारले तीन पटकसम्म म्याद थपिएको थियो। 

पछिल्लो पटक थपिएको म्यादमा जम्मा ६५ वटा यातायात समितिहरु मात्र कम्पनीमा दर्ता भएका छन्। ‘योभन्दा पहिले पनि दुई पटक म्याद थपिएको थियो। त्यतिबेला ८५ वटा यातायात समिति कम्पनीमा दर्ता भएका थिए कम्पनी रजिष्ट्रार कार्यालयका उप रजिष्ट्रार टंक भट्टराईका अनुसार विभिन्न १५० समितिमा रहेका १ हजार ६ सय ७४ व्यवसायी कम्पनीमा दर्ता भएका छन्। 

‘सरकारले सिण्डिकेट अन्त्य गर्नुभन्दा पहिले ६ सय ४०, सिण्डिकेट अन्त्यको घोषणापछि ९ सय १८ र गएको फागुनमा ऐन संशोधन भएपछि जेठ १९ गतेसम्म ११६ यातायात कम्पनीमा दर्ता भएका उनले बताए।

कम्पनीमा दर्ता भएका सार्वजनिक गाडीलाई कसरी सञ्चालनमा ल्याउने भनेर कुरा अगाडि बढेको बताउँदै व्यवासायी महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीका धारणा लिएर सरकारलाई बुझाउने र त्यही आधारमा ठोस निर्णय हुने जानकारी दिए।

 

कमेन्ट लोड गर्नुस