बोईलर कुखुरा र माछासहित धनगढीका एक जना पक्राउ
धनगढीः कैलालीमा बोईलर कुखुरा र माछासहित धनगढीका एक जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिकाको उर्मी गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएको अन्दाजी ४८ हजार मूल्य बराबरको बोईलर कुखुरा र माछासहित सोही ठाउँ बस्ने ३२ वर्षीय कालुराम कामी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त बोईलर कुखुरा र माछासहित कालुरामलाई सोमवार नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी सोमवार नै धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा र त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७७ हजार २३७ मूल्य बराबरको सामान बरामद गरिएको छ। उक्त मूल्य बराबरको प्याज, चिनी, मिश्री, चना, बिडी, सुर्ती, सुटपिस, साडी, धोती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।