सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारी र जनप्रतिनिधिको काधँमा संघियता

२०७६ जेठ २३, १२:०३ खबर संवाददाता

वर्तमान नेपालको अवस्था हेर्ने हो भने जनप्रतिनिधि र कर्मचारी एकै रथका २ पांग्राका रुपमा रहेको छन्। यि दुवै बिचमा समन्वय राम्रो भयो भने राज्यमा शान्ति, अमनचयन कायम भई विकासले गति लिने र राज्य समृद्धिको दिशामा अगाडि बढ्ने निश्चित छ। तर, यदि यी दुवैबिच उचित समन्वय हुन नसके द्धन्द्ध सिर्जना भएर एक अर्काको बाधक भई काम गर्न थाले भने राज्यका लागि अभिषाप पनि सावित  हुन सक्छ। उस्तै पनि नेपाल जस्तो सानो राज्य र आर्थिक रुपमा कमजोर मुलुकका लागि संघियता उपयुक्त होईन् भनी विभिन्न विज्ञहरुले आफ्नो राय व्यक्त गरिरहेका छन्।

भौगोलिक बनावट र आर्थिक रुपमा कमजोर भएका कारण नेपालको वर्तमान आय श्रोतले संघियतालाई पूर्ण सफलता दिलाउनेमा शंका उत्पन्न भइरहेको विद्यमान अवस्था एकातिर छ भने त्यसमा राज्यको विकास, समृद्धि र सुशासनको पहरेदार र सारथीका रुपमा रहेका जनप्रतिनिधि र कर्मचारी जब सम्म सकारात्मक सोचका साथ कुनै लोभ, लालच नराखी तटस्थ र निष्पक्ष रुपमा इमान्दारिताका साथ समन्वयात्मक भूमिका निर्वाह गरी अगाडी बढ्न नसकेको अवस्थामा यो संघियता राज्यको लागि अभिषाप त बन्छ नै साथै विश्व जगतमा नेपालिहरुले शिर ठाडि पारी बोल्न सक्ने सामथ्र्य रहदैन भने पुर्खाहरुले आर्जेको ख्याती र पौरख समेत गुमेर नेपालीहरुको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा हुने खतरा देखिन्छ। 

एकात्मक राज्य व्यवस्थाले देश चल्न नसक्ने देखिएपछि काठमाडौँको सिंहदरबारलाई विकेन्द्रीकरण गरी नागरिकका घरदैलोमै सिंहदबार पु¥याउने अवधारणा अनुरुप नै राज्य पुर्न संरचना भई तीन तहका सरकार गठन भएका छन्। जनताबाट निर्वाचित प्रतिनिधिले सरकारको नेतृत्व गरिरहेका छन्। तत् पश्चात जनतामा आशा पलाएको थियो, हर्षले छाएको थियो, अब साच्चै देशमा कायापलट हुन्छ की, अब घरघरमा सरकार आउने भो, अब देशमा विकास र समृद्धिको ढोका खुल्छ भन्ने मिठा मिठा सपना सजाएर बसेका थिए र अझै पनि त्यो आशाको त्यान्द्रो मरेको छैन।

तर पटक–पटक विभिन्न सञ्चार माध्यममा, पत्र पत्रिकामा कर्मचारी र जनप्रतिनिधि बिच द्धन्द्ध बढेको, कुटपीट समेत हुने गरेको जस्ता दुःख दायी घटना सम्बन्धी समाचार दिनहुँ जसो आइरहदा फेरी जनतामा पलाएको त्यो आशा निराशामा परिणत हुन थालेको छ । आखिर तपाईहरु जनप्रतिनिधि र कर्मचारीले गर्न खोजेको के हो? चाहेको के हो? तपाईको के कुन स्वार्थले गर्दा यस्तो अवस्थाको सिर्जना भइरहेको छ ? किन दैनिक जसो भागकै लागी लडिरहनुभएको छ ? तपाईहरु मध्ये कसको नियत खराब हो? कसले कुकर्म गर्न खोजेको हो? तपाईहरुले अलिकती भएपनि लाज मान्नु पर्ने हो, यदि तपाई स्वार्थका लागि लोभ, लालचका लागि पदमा बस्नु भएको हो भने, तपाई गलत गर्दै हुनुहुन्छ, तपाई राज्यको कलंक हो, तपाईलाई जनताले सराप्ने छन्, नेपाल आमाको आशुले तपाईलाई पोल्नेछ। 

यदि तपाईमा नैतिकता छैन्, देश र जनताको माया छैन् भने, जनताको सेवा गर्छु भन्दै झुट्ठा आश्वासन र वाचा दिदै पदमा पुग्ने र पदमा पुगेपछि मै लाऊ मै खाऊ, यही हो मौका भन्ने राक्षसी मानसिकता बनाएर देश र जनतालाई डुवाउने काम गर्ने लाग्नु भएको छ भने, तपाईलाई जनताले छोड्ने छैनन्। यदि तपाईमा नैतिकता र समाजलाई अगाडि बढाउन सक्ने स्पष्ट भिजन, क्षमता र वुद्धि छैन भने पेन्डुलम भएर कुर्सिमा नटाँसिनुहोस, इमान्दार र स्पष्ट भिजन भएको व्यक्तिलाई सुम्पिनुहोस, त्यो पद र कुर्सि छैन् भने तपाईले गरेको कुकर्मको सराप तपाईका पुस्तौं सम्मले भोग्नेछन्।

अहिले विभिन्न सञ्चारका माध्यममा समाचार आइरहेका छन, जनप्रतिनिधिबाट कर्मचारी कुटिए, कर्मचारी र जनप्रतिनिधिहरुले सवारी साधनको दुरुपयोग गरे, मोज मस्ती गरे, भ्रष्टाचार गरे, र आफ्नो मान्छेलाई कर्मचारी र  शिक्षकमा भर्ना गरे, आखिर किन यस्तो? तपाईहरु त्यस्तै कुकर्म गर्नुहोला भने जनताहरुले तपाईलाई चुनेर पठाएको होइनहोला। अब सचेत रहनुहोस। तपाईले जनतालाई गरेको वाचा के हो,? जनताले तपाईहरुबाट के अपेक्षा गरेका हुन । तपाईहरु जनप्रतिनिधि र कर्मचारी दुबै सकारात्मक हुनुहोस, देशभक्त हुनुहोस, जनताप्रति प्रेम राख्नुहोस, तपाईका रगतका कण–कणमा भ्रष्टाचार र बेतिथी होइन, विकास, समृद, सुसाषन र समुन्नुत नेपालको नारा र सकारात्मक सोचले जरा गाडेको हुनुपर्छ। तपाईहरुले देश र जनताको सेवा गर्ने सौभाग्य प्राप्त गर्नु भएको छ फेरी यस्तो मौका नआउन सक्छ तपाईमा देश सेवा गर्ने  भुत सवार हुनुपर्दछ।

 तपाईले आफ्नो मन मस्तिष्कमा रहेको बेकार पढाईहरुलाई त्यागि तन, मन र बचनले देश सेवामा लागि देशमा सुशासन कायम गरी देशलाई विकास र समृद्धिको दिशामा अगाडि बढाई आफुलाई नायक साबित गर्नुहोस । के तपाईमा क्षमता छैन ? नैतिकता छैन ? सकारात्मक सोच छैन ? जोस जाँगर छैन? यदि साच्चिकै छैन् भने यो राज्यको महत्वपुर्ण निकायमा बसेर राज्यको कलंक नहुनुहोस, जोस जाँगर भएको देशभक्तलाई यओ राज्य चलाउन दिनुहोस। विश्वलाई नियालेर हेर्नुहोस निस्वार्थ भावनाले अगाडि बढ्नुहोस, प्रत्येकले आ-आफ्नो ठाउँबाट सकारात्मक कदम चलाउनुहोस, सक्रिय भै लाग्नुभयो भने यो देशका योवाहरु विदेशिनु पर्दैन, अब ति युवाहरुलाई स्वदेशमै फर्काउने वातावरण बनाउनुहोस।

यही अमेरिका र अष्ट्रेलिया बनाउने सोच राख्नुहोस। हातमा हात मिलाई अगाडि बढ्नुहोस। मनमुटाव र कटुता होइन, आपसी भाइचारा र सु सम्बन्ध कायम गर्नुहोस।यो राज्यमा जनताप्रती श्रद्धाभाव देखाउनुहोस, माया प्रेम देखाउनुहोस, मातृभूमीप्रतीको मायालाई जीवन्त राख्नुहोस। यो राज्यमा भर्खरै जन्मिएको संघियतारुपी बालकलाई मलजल दिनुहोस। पोषण दिनुहोस, हौसला र साथ दिनुहोस, संघियता सफल बनाउन कर्मचारी र जनप्रतिनिधिले हृदय देखि नै मन वचन र कर्मले सक्रिय  भै लाग्नुहोस। 
लेखक जिल्ला अदालत कञ्चनपुरमा कार्यरत छन्। 
 

कमेन्ट लोड गर्नुस