सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

२०८१ असार ३१, ०७:५४ खबर संवाददाता

काठमाडौँः आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका–७ बालुवाका ३१ वर्षीय कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

असार २६ गते २६ वर्षिया सुनिता नेपाली घर भित्र मृत भेटिएकी थिइन्। सलको पासो लगाई झुण्डिएको देखेको र उक्त पासो काट्दा मृत्यू भइसकेको भन्दै श्रीमान् कुमारले गाउँ छिमेकमा खबर गरेका थिए। घटना स्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमाटमका आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र पठाएको थियो।

घटनाको सुक्ष्म अनुसन्धानको क्रममा सुनितालाई उनकै श्रीमान्ले कुटपिट गरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए। ‘घटना लुकाउनका लागि झुण्डिएको देखाउन सलको पासो समेत काटेको खुल्न आएको छ,’ उनले भने।

आरोपित कुमारलाई आइतवार पक्राउ गरी सोमवार ज्यान सम्वन्धी कसुर(कर्तब्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस