सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोशीपुरमा एम्बुलेन्स चालकको कागजात फरक परेपछि...

२०८१ असार ३१, ०६:१२ खबर संवाददाता

धनगढीः कैलालीको जोशीपुर गाउँपालिकाले असार २१ गते एमबुलेन्स सञ्चालनका लागि एम्बुलेन्स चालक राख्न विज्ञापन खोल्यो।

एक जना एम्बुलेन्स चालक पदपुर्ति गर्न विज्ञापन गरिएको हो। विज्ञापन अनुसार प्रारम्भिक वर्णानुक्रम अनुसार छोटो सूचिमा ७ जनाको नाम प्रकाशित गरिएको थियो। असार २८ गते पालिकाले उमेद्वारहरुको लिखित, प्रयोगात्मक र अन्तरवार्ताका लागि उत्तीर्ण भएको जानकारी गराउँदै अनिलकुमार चौधरी, प्रवेश चौधरी र भीमलाल चौधरी गरि ३ जनाको नाम प्रकाशित गरेको थियो।

परीक्षामा उमेद्वारको प्रयोगात्मक, अन्तरवार्ता र लिखित परीक्षाको प्राप्ताङ्कको आधारमा योग्यता कायम हुन आएका तीन जनामध्ये प्रवेशकुमार चौधरी सिफारिस योग्यताक्रममा छनौट भएका थिए भने अनिलकुमार चौधरी बैकल्पिक योग्यताक्रममा छनौट भए। भीमलाल चौधरी भने छनौट हुन सकेनन्। करार सम्झौता नहुदै एकाएक गाउँपालिकाले परीक्षा नजिता रद्द सम्बन्धमा आज (सोमबार) सूचना प्रकाशित गरेको छ।

एम्बुलेन्स चालक परीक्षामा सफल परीक्षार्थीले नियुक्ति लिंदाका बखत परिक्षाको सूचनामा तोकिएको न्यूनतम योग्यता र सक्कल कागजात फरक परेको देखिएको भन्दै गाउँपालिकाले एम्बुलेन्स चालकको सम्पूर्ण परीक्षा नजिता रद्द गरेको हो। प्रवेश चौधरी (वडा अध्यक्षका छोरा) लाई योग्यताक्रममा छनौट गरिएपछि उनले पेस गरेको कागजात संकास्पद भएको चर्चा समेत चलेको छ। यस विषयमा बुझ्न जोशीपुरका विभिन्न राजनीतिक दल र यूवा सञ्जाल पालिका नै पुगेका थिए।

कमेन्ट लोड गर्नुस