सुदूर नेपाललाई विश्वसँग जोड्दै

काभा यु–२० महिला भलिबल टोली माल्दिभ्स प्रस्थान

२०८१ असार ३१, ०५:५३ खबर संवाददाता

काठमाडौँः माल्दिभ्समा यसै साता सुरु हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने युवा टोलीलाई नेपाल भलिबल संघले सोमवार बिदाइ गरेको छ।

च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ। च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स, किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहेको छ। नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सुरुवात गर्नेछ। साउन ४ गते किर्गिस्तान र साउन ५ गतेमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ। दुई खेलको विजेताले फाइनल खेल्नेछन्। जेनिशा विश्वकर्माको कप्तानीमा टोलीमा सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री रहेका छन्।
 

कमेन्ट लोड गर्नुस