सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा पानीमा डुबेर एक बालकको मृत्यु

२०८१ असार ३०, ०८:१२ खबर संवाददाता

धनगढीः कैलालीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–१ एकतापुर शिविरमा बस्ने ११ वर्षीय आरनेल चौधरीको मृत्यु भएको हो।

उनी  घर नजिकै आकासे  पानीले जम्मा भएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए। पानीमा डुबेर बेहोस भएका चौधरीलाई उपचारको लागि टीकापुर अस्पताल लगेकामा डाक्टरले मृत घोषणा गरेका थिए।

उनको शव अहिले सोहि अस्पतालको शव गृहमा राखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस