सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा एक घरमा आगलागी

२०८१ असार ३०, ०७:४८ खबर संवाददाता

धनगढीः कैलालीमा एक जनाको घरमा आगलागी भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–११ रामपुरका लक्ष्मण ऐडीको घरमा आगलागी भएको हो। ऐडीको दुई तले कच्ची भान्साकोेठामा बालेको आगो सल्किन गई घरमा आगलागी भएको हो।

आगलागीबाट घरभित्र रहेको अन्नपात, काठ तथा भुसा जलेर अन्दाजी ८० हजार ७५० रुपैँया बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ। आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रण्मा लिइएको थियो।
 

कमेन्ट लोड गर्नुस