सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा अटोले ठक्कर दिँदा २ जना घाइते

२०८१ असार ३०, ०७:१३ खबर संवाददाता

धनगढीः  कैलालीको गोदावरीमा अटोले ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

गोदावरी नरपालिका–३ मा अत्तरियादेखि खमौरा जाँदै गरेको अटोले साइकललाई ठक्कर दिँदा २ जना घाइते भएका हुन।

आज (आइतवार) दिउँसो से १ ह २७१८ नम्बरको अटोले साइकललाई ठक्कर दिँदा गोदावरी नगरपालिका–३ मालाखेतीका ५ वर्षीय निमेष भट्टराई र गोदावरी–३ कृष्ण मन्दिरका १७ वर्षीय लोकेश भट्टराई घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

घाइते दुवै जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ। अटो चालक गोदावरी–१० खैमौराका योगेन्द्र खड्कालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।
 

कमेन्ट लोड गर्नुस