सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सिसिएसले यो वर्षदेखि विज्ञान विषय अध्यापन गराउँदै 

२०८१ असार ३०, ०३:३७ खबर संवाददाता

धनगढीः क्रिसेन्ट सिटी स्कुल (सिसिएस) ले यो वर्षबाट विज्ञान विषयको अध्यापन गराउने भएको छ।

धनगढी-४ रातोपुलमा रहेको सिसिएसले कक्षा ११ मा विज्ञान विषयमा विद्यार्थी भर्ना गर्न आइतवार पहिलो प्रवेश परीक्षा लिएको छ। विद्यालयले यसअघि  व्यवस्थापन, होटेल म्यानेजमेन्ट र कानुन विषय अध्यापन गर्दै आएकोमा यो वर्षबाट विज्ञान विषय समेत थप गरेको हो।

विगत १० वर्षदेखि व्यवस्थापन, कानुन, होटेल म्यानेजमेन्ट विषय अध्यापन गराइदै आएको यस विद्यालयमा यस शैक्षिक सत्रमा अध्ययन गर्न चाहने पाँच सय विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छन्। यो वर्षबाट विज्ञान विषयसमेत अध्यापन सुरु गरिएकाले प्रवेश परीक्षा दिने विद्यार्थीको संख्या बढेको प्रधानाध्यापक हरि जोशीले बताए।

उनले विद्यालयलाई प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन प्रतिबद्ध रहेको बताएका छन्। उत्कृष्ट शैक्षिक पूर्वाधार, गुणस्तरीय शैक्षिक समूह र प्रभावकारी तथा जीवनोपयोगी अतिरिक्त गतिविधिका कारण सिसिएस विद्यार्थी र अभिभावकको पहिलो रोजाइ पर्न सफल भएको हो। उत्कृष्ट शैक्षिक गन्तव्य रहेको ठहर गरेर प्रवेश परीक्षा दिन आएको विद्यार्थी राजेश जोशीले प्रतिक्रिया दिएका छन्।

 

कमेन्ट लोड गर्नुस