सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा संसदीय दलको बैठक आज 

२०८१ असार २७, ०८:०२ खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न  संसदीय दलको बैठक बोलाएको छ।

पार्टीको संसदीय दलको कार्यालयमा आज बस्ने बैठकले सांसदहरूको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए। साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पछि छलफल हुनेछ। 

सरकारमा रहेका नेकपा एमालेलगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते विश्वासको मत लिँदै छन्। मुलुकलाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने, सङ्घीयता खारेजीलगायत माग राख्दै आएको राप्रपाको प्रतिनिधिसभामा १४ सिट छ। 

कमेन्ट लोड गर्नुस