सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नगरे देश गम्भीर द्वन्द्वमा फस्ने चेतावनी

। फोटो स्रोत ।
२०७६ जेठ २२, ०४:४०

सत्तारुढ समाजवादी पार्टी नेपालका नेता रामसहायप्रसाद यादवले लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नगरे देश गम्भीर द्वन्द्वमा फस्ने चेतावनी दिएका छन।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै संघीयता, संविधान र कानुनविपरीत स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल सच्याउन माग गरे। स्थानीय तहको आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा समेत लोक सेवा आयोगले विज्ञापन गरेपछि त्यसको विरोधमा देशभर आन्दोलन सुरु भएको उल्लेख गर्दै त्यसलाई तत्काल नसच्याए देशमा ठूलो द्वन्द्व निम्तिनेतर्फ सरकारलाई सचेत पनि गराए।

लोक सेवा आयोगले केही दिनअघि प्रदेश र स्थानीय तहमा समेत कर्मचारी नियुक्त गर्ने गरी विज्ञापन खुला गरेको थियो। उक्त विज्ञापन संविधान र कानुनविपरीत आएको दाबी गर्दै उनले स्थानीय तह आफैले कर्मचारी नियुक्त गर्न पाउने संवैधानिक अधिकार लोक सेवा आयोगले कटौती गर्न नपाउने पनि स्पष्ट पारे। 
 

कमेन्ट लोड गर्नुस