सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा सम्बन्धविच्छेद भएका मुस्लिम महिलाले गुजारा भत्ता पाउने

२०८१ असार २६, ०२:१४

काठमाडौंः भारतको सर्वोच्च अदालतले एक महत्त्वपूर्ण फैसला सुनाउँदै फौजदारी प्रक्रिया संहिताको धारा १२५ अन्तर्गत मुस्लिम महिलाले सम्बन्धविच्छेदपछि पूर्वपतिबाट गुजारा भत्ता माग्न सक्ने बताएको छ।

न्यायमूर्ति बीवी नागरथनाको नेतृत्वमा दुई सदस्यीय इजलासले मुस्लिम महिलाले यस धाराअन्तर्गत भत्ता माग गरेको मुद्दाको सुनुवाइ गर्दै यस्तो निर्णय सुनाएको हो। १० हजार गुजारा भत्ता दिन तेलंगाना उच्च न्यायालयले सुनाएको आदेशलाई एक मुस्लिम पुरुषले चुनौती दिएका थिए।मुस्लिम महिलाहरूको सम्बन्ध विच्छेदमा छुट्टै कानून लागू हुने भन्दै धारा १२५ अनुसार गुजारा भत्ता पाउन नसक्ने उनको वकिलको तर्क थियो। दुवै न्यायाधीशले सर्वसम्मतिले यो निर्णय गरेका हुन्।

यसबारे फैसला लेख्न बाँकी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९८५ मा सर्वोच्चले धारा १५ धर्मनिरपेक्ष कानून भएको र यो सबै महिलाहरुमा लागू हुने फैसला गरेको थियो। उक्त फैसलापछि व्यापक रुपमा विरोध भएको थियो। त्यसपछि सन् १९८६ मा सरकारले मुस्लिम महिलाको सम्बन्ध विच्छेदका लागि छुट्टै अधिकार संरक्षण ऐन पारित गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस