सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनलाई दर्जनौं एयर डिफेन्स सिस्टम उपलब्ध गराउने बाइडेनको घोषणा, अन्य चार देशले सहयोग गर्ने

२०८१ असार २६, १२:३५

एजेन्सीः अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको बैठकमा राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दर्जनौं एयर डिफेन्स सिस्टम उपलब्ध गराउने बताएका छन्।

वासिङ्टन डिसीमा भएको नेटो बैठकमा आफ्नो सम्बोधनमा बाइडेनले अमेरिका र अन्य चार पश्चिमी देशले एयर डिफेन्स सिस्टम दिने बताएका हुन्।अमेरिकी अधिकारीहरूले यस प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली, अन्य रणनीतिक एयर डिफेन्स सिस्टम र यसका विभिन्न भागहरू समावेश हुनेछन्। अमेरिकाबाहेक जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटालीले एयर डिफेन्स सिस्टम  आपूर्ति गर्नेछन्।

यस वर्षको अन्त्यसम्ममा एयर डिफेन्स सिस्टमका विषयमा थप निर्णय लिइने र यसमा बेलायत, क्यानडा, नर्वे र स्पेन समावेश हुनेछन्। रुसको पछिल्लो मिसाइल आक्रमणपछि युक्रेनी अधिकारीहरूले मंगलबार थप एयर डिफेन्स सिस्टम उपलब्ध गराउन अपील गरेका छन्। सोमबार युक्रेनको बाल अस्पतालमा मिसाइल खस्दा ३६ जनाको मृत्यु भएको थियो भने १४० जना घाइते भएका थिए।

कमेन्ट लोड गर्नुस