लोकप्रिय बन्दै रविको ‘दिलको फ्रेममा’
२०७६ जेठ २२, ०२:४३
नेपाल आइडल सिजन–२ का विजेता रवि ओडको तेस्रो गीत ‘दिलको फ्रेममा’ लोकप्रिय बन्दै गएको छ। मंगलबार दिउँसो युट्युबमा सार्वजनिक भएको उनको गीतलाई यो समाचार तयार पार्दासम्म झण्डै ३ लाख पटक हेरिएको छ। रविको यो गीतमा शब्द देवल भण्डारी, संगीत दिपक शर्मा, एरेन्ज आशिस शाक्यको रहेको छ।
गीतमा रविसँगै पुष्पा पौडेलले आवाजमा साथ दिएकी छन्। ‘दिलको फ्रेममा’ को भिडियोमा आँचल शर्मा र पुष्प खड्काले अभिनय गरेका छन्।





कमेन्ट लोड गर्नुस