सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ ओखलढुङ्गाको पद हस्तान्तरण

२०८१ असार २५, ०५:३५

धनगढीः लायन्स क्लब अफ ओखलढुङ्गा, पोकली वाटरफलको पद हस्तान्तरण गरिएको छ। लायन सीतारम बानियाँलाई अघिल्लो वर्षका अध्यक्ष लायन लीला धमलाले पद हस्तान्तरण गरेका हुन्। काडमाण्डौँमा शुक्रवार लायन्स क्लबको समितिलाई पूर्णतासमेत दिइएको छ। वर्ष २०२३–२४ का अध्यक्ष धमलाको अध्यक्षतामा कार्यक्रम भएको हो। अध्यक्ष बानियाँले सामाजिक कार्यमा सधै सक्रिय हुने बताए। स्थानीय सरकार र विभिन्न संघ÷संस्थाहरुसँगको सहकार्यमा सामाजिक कार्यहरू गर्ने उनले बताए। संस्थापक अध्यक्ष वर्षा राउतले आफ्नो कार्यकालमा भएका कामहरूको विषयमा जानकारी दिए। विद्यार्थीका लागि पोसाक, शैक्षिक सामाग्री, रक्तदान, दृष्टिविहीनहरूका लागि १६ वटा कार्यक्रम सञ्चालन गरेको बताए।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ का वर्तमान गभर्नर लायन शंकर शारदा, प्रथम भाइस गभर्नर लायन केशर भण्डारी, द्वितीय भाइस गभर्नर लायन अजय खनाल, पूर्व डिस्ट्रिक्ट गभर्नर लायन मधुकर उपाध्याय लगायतका लायन लिडरहरूको उपस्तिथि रहेको थियो। वर्ष २०२३–०२४ का रिजन चियर पर्सन लायन गुरु केदार बरालले कार्यक्रम सञ्चालन गरेका थिए।

वर्ष २०२४–२०२५ का जोन चियर पर्सन लायन दिनेश कार्की, लायन्स क्लब अफ काठमाडौँ हाइटका अध्यक्ष लायन डा. शीला बर्माले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

 

कमेन्ट लोड गर्नुस