सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

२०८१ असार २५, ०४:५३ खबर संवाददाता

बाजुराः बाजुरामा मोटरसाइकल दुर्घटना भएको छ।

जिल्लाको बुढीगंगा नगरपालिका–२ बल्देमा मोटरसाइकल दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर बुढीगंगा–५ का मोटरसाइकल चालक हिमाल थापा र जुम्ला घर भई डिभिजन वन कार्यालय बाजुरामा कार्यरत श्रीराम रावत घाइते भएका हुन।

आज (मंगलवार) सदरमुकाम मार्तडीबाट फालासैन बजार जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१० प ९५९१ नम्वरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।  दुर्घटनामा परेर घाइते भएका दुवै जनाको अछामको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ।
 

कमेन्ट लोड गर्नुस