सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव समूहले गर्यो भक्तपुरमा एक रोपनि जग्गा कब्जा

। फोटो स्रोत ।
२०७६ जेठ २२, ०२:१८

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा एक रोपनि जग्गा कब्जा गरेको छ। जिल्लाको चाँगुनारायण नगरपालिका २ दुवाककोटको एक रोपनी एक दाम जग्गा कब्जाका लिएको छ।

चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा रहेको कित्ता नम्बर १७९८ रहेको उक्त जग्गामा सोमबार विप्लव समूहले झन्डा गाडेको छ।

विप्लव समुहको भक्तपुर जिल्ला जनपरिषदले जग्गा कब्जामा लिएको भन्दै एक विज्ञप्ती जारी गरेको छ। विप्लव समुहले भू माफियाले चलखेल गरी उक्त जग्गाका वास्तविक धनीबाट उम्काएको आरोप लगाएको। जग्गा भएको स्थानमा ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न नपाइने, अन्यथा जनपरिषदले कडा कारबाही गर्ने,’ लेखिएको छ।

विज्ञप्तिमा समाजसेवी, भलादमी र बुद्धिजीवीसँग छलफल गरिएको र वास्तविक धनी पीडित भएको पुष्टि भएकाले कब्जामा लिइएको दाबी गरिएको छ।
 

कमेन्ट लोड गर्नुस