सुदूर नेपाललाई विश्वसँग जोड्दै

रूसी सेनामा कार्यरत भारतीयलाई फर्काउन पुटिन सहमत

२०८१ असार २५, ११:५२

काठमाडौं: रूसी सेनामा कार्यरत भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय समाचार संस्था एनडीटीभीका अनुसार रूस भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग यो मुद्दा उठाएको र यसपछि रूसी सेनामा रहेका भारतीय सेना फिर्ता गर्ने सहमति भएको छ। साथै, उनीहरूलाई फिर्ता गर्न सहजीकरण समेत गरिदिने सहमत भएको बताइएको छ।

गत महिना युद्धमा दुई भारतीयको मृत्यु भएको थियो। यसपछि भारतले रूससँग त्यहाँ सेनामा भर्ती भएका भारतीयहरूलाई फिर्ता पठाउन माग गरेको थियो। प्रधानमन्त्री मोदी सोमबार साँझ मस्को पुगेका थिए । यो युक्रेनविरूद्ध युद्ध सुरू गरेपछि मोदीको पहिलो रूस भ्रमण हो। प्रधानमन्त्रीले आज पुटिनसँग द्विपक्षीय वार्ता गर्नुका साथै मस्कोमा हुने २२औं भारत–रूस शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्।

कमेन्ट लोड गर्नुस