सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज विश्व वातावरण दिवस मनाइँदै

। फोटो स्रोत ।
२०७६ जेठ २२, १२:३२

“स्वच्छ वायु स्वस्थ जीवन” भन्ने नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ। दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन्।

संयुक्त राष्ट्रसङ्घको महासभाले वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो।

संयुक्त राष्ट्रद्वारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइने जनाइएको छ। सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्षेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो।

कमेन्ट लोड गर्नुस