सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ

२०८१ असार २५, ०८:५२ खबर संवाददाता

धनगढीः कैलालीबाट विभिन्न मुद्दाका ५ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा ४ महिना १२ दिन कैद सजाय तोकिएको टीकापुर नगरपालिका–१ का २६ वर्षीय रोशन सुनार, सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएको टीकापुर नगरपालिका–१ बस्ने ४० वर्षीय रोमी साउद, लागूऔषध मुद्दामा ४ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएका बर्दियाको गुलरिया नगरपालिका–९ बस्ने १९ वर्षीया मुस्कान बि.क. पक्राउ परेका छन्।

यस्तै चोरी मुद्दामा १४ हजार १ सय जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका–५ बस्ने २१ वर्षीय प्रकाश बि.क. र जुवातास मुद्दामा ३ सय जरीवाना तोकिएको लम्कीचुहा नगरपालिका–१ का ४६ वर्षीय केसर बोगटी पक्राउ परेका हुन्। अदालतबाट बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका पाँचै जनालाइ सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस