सुदूर नेपाललाई विश्वसँग जोड्दै

अजलको अर्को राष्ट्रिय कीर्तिमान

२०८१ असार २४, ०५:४१ खबर संवाददाता

काठमाडौँः अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान बनाएका छन्।

उनले पुरुष एकसय मिटर बटरफ्लाई प्रतिस्पर्धामा ५९.१७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै नयाँ कीर्तिमान बनाएका हुन्। यसअघि यो कीर्तिमान अनुभव सुब्बाको नाममा थियो।

अनुभवले २५ औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा यो कीर्तिमान बनाएका थिए। त्यो प्रतियोगितामा अनुभवले निर्धारित दुरी ५९.७७ सेकेन्डमा पार गरेका थिए। यसअघि अजलले जारी प्रतियोगिताको पुरुष ५० मिटर बटरफ्लाई प्रतिस्पर्धामा २५.५२ सेकेन्डमा पुरा गर्दै पहिलो कीर्तिमान स्थापित गरेका थिए।

प्रतियोगितामा कुल तीन राष्ट्रिय कीर्तिमान बने। थप एक कीर्तिमान दिवाकर अवाले बनाएका थिए। दिवाकरले भने पुरुष दुई सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी दुई मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै १३ औँ दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माले बनाएको दुई मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान तोडेका हुन्।
 

कमेन्ट लोड गर्नुस