सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटनमा वर्षाका कारण एक घर भत्कियो

२०८१ असार २३, ०५:४६ खबर संवाददाता

बैतडीः बैतडीमा भारी वर्षाका कारण एक घरको भित्ता भत्किएको छ।

जिल्लाको पाटन नगरपालिका–१० डुब्केका प्रेमसिंह कुँवरको घरको एकातिरको भित्ता भत्किएको हो।

शनिवार रातिदेखि निरन्तर परिरहेको वर्षाका कारण आइतवार बिहान करिब ९ बजेतिर कुवँरको घर भत्किएको सोहि वडाका अध्यक्ष धनबहादुर कुवँरले बताए। कुवँरको ६ जनाको परिवार अहिले आफन्तको घरमा बसीरहेका छन्। अन्य मानविय तथा पशु  चौपायामा भने कुनै क्षति नभएको वडा अध्यक्ष कुवरले बताए।
 

कमेन्ट लोड गर्नुस