सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक महिला वनभित्र मृत फेला

२०८१ असार २३, १२:०८ खबर संवाददाता

डोटीः डोटीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको दीपायल–सिलगढी नगरपालिका–७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट वनमा मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार शनिवारबाट सम्पर्क विहिन भएकी विष्ट आइतवार बिहान खोलासैन सामुदायिक वनमा मृत फेला परेकी हुन्। उनको मृत्युको कारण खुलेको छैन। विष्टको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ। अस्पतालको प्रतिवेदनपछि मात्र महिला मृत्युको कारण खुल्न प्रहरीले बताएको छ।

 

कमेन्ट लोड गर्नुस