सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा र अछामका केही ठाउँमा विद्युत अवरुद्ध

२०८१ असार २२, १०:४१ खबर संवाददाता

बाजुराः लगातारको वर्षातका कारण रुख ढलेर विद्युतको पोल ढलेर तार चुँडाएपछि बाजुरा लगायत अछाम जिल्लाका केही ठाउँमा ३३ केभी राष्ट्रिय प्रसारण लाइन विद्युत सेवा अवरुद्ध भएको छ।

केही दिनदेखि लगातारको अविरल वर्षाका कारण अछामको बुढाबगरमा सालको रूख ढलेर बिजुलीको पोल भाँचिएर क्षति भएपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा अवरुद्ध भएको हो। शनिवार बिहान ३३ केभी राष्ट्रिय प्रसारण लाइनअन्तर्गत साँफे–मार्तडीको बुढाबगरमा बिजुलीको पोल ढले पछि अछामका केही स्थान र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको बाजुरा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले बताए।

अवरुद्ध विद्युत सेवा सुरु गर्नका लागि बाजुरा र अछामबाट जनशक्ति परिचालन गरिएको छ। अविरल वर्षाका कारण मर्मत कार्यमा समेत समस्या भई रहेकोले विद्युत आउन समय लाग्ने प्रमुख झाले बताए। 

 

कमेन्ट लोड गर्नुस