सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको क्रेसेन्ट सिटी स्कुलले गर्‍यो वृक्षारोपण 

२०८१ असार २२, ०९:१० खबर संवाददाता

धनगढीः धनगढीको क्रेसेन्ट सिटी स्कुलले वृक्षारोपण गरेको छ।

विद्यालयले शनिवार वृक्षारोपण गरेको हो। धनगढी– ३ स्थित सामुदायिक वनमा विश्व वृक्षारोपण दिवसको उपलक्ष्यमा विभिन्न प्रजातिका २०० विरुवा रोपिएको हो।

हरियाली प्रवर्द्धन गर्न वन क्षेत्रको खुला ठाउँमा वृक्षारोपण गरिएको विद्यालयले जनाएको छ। वृक्षारोपण कार्यक्रममा विद्यालयका विद्यार्थी र शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो।

यो सँगै धनगढीमा शनिवार दुई हजार विरुवा रोपिएका छन्। धनगढी उपमहानगरपालिकाले क्याम्पस चोक–मनेहरा कालिका मन्दिरसम्मको सडक मेडियनमा १८ सय विरुवा रोपेको छ।
May be an image of 5 people and grass

कमेन्ट लोड गर्नुस