सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले ल्याएको बजेट विभेदकारी छ : राजपा नेता महतो

। फोटो स्रोत ।
२०७६ जेठ २१, ०४:२४

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले ल्याएको बजेट विभेदकारी रहेको दावी गरेका छन। मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले ५० प्रतिशतभन्दा बढी जनसंख्या भएको मधेशलाई २० प्रतिशतभन्दा कम बजेट विनियोजन गरेर सरकारले विभेदकारी नीति लिएको बताएका हुन्।

संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको आरोप लगाउंदै ६ करोड बजेट विनियोजन गरेर सरकारले सांसदहरुलाई बदनाम गराएको समेत बताए। उनले भने, विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक नीति र राष्ट्रिय गौरवका आयोजना बाहेकका सबै अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन हामीले सरकारसँग पटक–पटक माग गर्यौँ तर त्यसअनुसार काम हुनै सकेन्। 
 

कमेन्ट लोड गर्नुस