सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बैंकहरुले गरे एक खर्ब ४० अर्ब लगानी, कुन क्षेत्रमा कति?

२०८१ असार २१, १०:२८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको ऋण लगानी एक खर्ब ४० अर्ब पुगेको छ।

२०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले एक खर्ब ४० अर्ब ६६ करोड २५ लाख ऋण लगानी गरेको पाइएको हो। गत वर्ष यस्तो कर्जा ६ दशमलव ३७ प्रतिशतले बढेको थियो। सबैभन्दा बढी कैलालीमा ४७ दशमलव ७१ प्रतिशत र सबैभन्दा कम बाजुरामा २ दशमलव ३० प्रतिशत कर्जा लगानी भएको छ।

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक कर्जा शिर्षकमा २५ अर्ब २२ करोड ९४ लाख लगानी भएको छ। बैंक तथा वित्तीय संस्थाको सेवा क्षेत्रमा लगानीमा रहिरहेको कर्जा एक खर्ब ३ करोड ७ लाख पुगेको छ। कुल प्रवाहित कर्जामध्ये सेवा क्षेत्रमा गएको कर्जा ७१ दशमलव ११ प्रतिशत, खुद्रा विक्रेतासम्वन्धि व्यवसायमा ४३ दशमलव ५३ प्रतिशत, उपभोग्य कर्जामा २८ दशमलव शून्य १ प्रतिशत, अन्य व्यवसाय कर्जामा ९ दशमलव शून्य ६ प्रतिशत, पर्यटनमा ३ दशमलव १४ प्रतिशत र यातायात र सञ्चारमा ५ दशमलव शून्य ६ प्रतिशत लगानी भएको छ।

त्यस्तै वित्त/बिमा तथा अचल सम्मपत्तिमा १ दशमलव ९३ प्रतिशत, शिक्षा क्षेत्रमा ३ दशमलव ४४ प्रतिशत, रियल स्टेटमा २ दशमलव ७७ प्रतिशत, अन्य सेवा व्यवसायमा १ दशमलव ४८ प्रतिशत र स्वास्थ्य र अन्य सामाजिक कार्यमा १ दशमलव ५७ प्रतिशत लगानी भएको राष्ट्र बैंक धनगढीको पछिल्लो सार्वजनिक अध्यय प्रतिवेदनले देखाएको छ।
कुन जिल्लामा कति लगानी?
बैंक तथा वित्तीय संस्थामार्फत सेवा क्षेत्र कर्जा अन्तर्गत एक अर्ब ५३ करोड, बैतडीमा एक अर्ब २८ करोड, डडेल्धुरामा तीन अर्ब ३२ करोड र कञ्चनपुरमा १९ अर्ब १९ करोड ऋण लगानी भएको छ। त्यस्तै बझाङमा एक अर्ब ४५ करोड, बाजुरामा ७६ करोड, डोटीमा एक अर्ब ८४ करोड, अछाममा २ अर्ब ११ करोड र कैलालीमा सबैभन्दा बढी ६८ अर्ब ५६ करोड बैंक तथा वित्तीय संस्थाहरुले सेवा क्षेत्र अन्तर्गत ऋण लगानी गरेका छन्।

कमेन्ट लोड गर्नुस