सुदूर नेपाललाई विश्वसँग जोड्दै

हातहतियार र सवारी ज्यान मुद्दाका फरार दोषी कैलालीबाट पक्राउ

२०८१ असार २१, ०९:४३ खबर संवाददाता

धनगढीः हातहतियार खरखजाना र सवारी ज्यान मुद्दाका फरार दोषी कैलालीबाट पक्राउ परेका छन्।

हातहतियार खरखजाना मुद्दामा १२ दिन कैद सजाय तोकिएको गौरीगंगा नगरपालिका-१ का ५० वर्षीय मोहन चौधरी र सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएको गोदावरी नगरपालिका-३ बस्ने ४३ वर्षीय सुरतबहादुर खड्का पक्राउ परेका छन्। दुबैजनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस