सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार ८७७ पुगे

२०८१ असार २१, ०६:०१

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ३७ हजार ८७७ पुगेको छ।

विगत २४ घण्टामा इजरायली सेनाले गरेको आक्रमणमा ४३ जनाको ज्यान गएको छ भने १११ जना घाइते भएका छन्। अक्टोबर २०२३ मा प्यालेस्टाइन–इजरायली द्वन्द्व सुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३७ हजार ८७७ र घाइतेको संख्या ८६ हजार ९६९ पुगेको छ। धेरै पीडितहरूको शव अझै पनि भग्नावशेषमुनि वा सडकमा छ।

कमेन्ट लोड गर्नुस