सुदूर नेपाललाई विश्वसँग जोड्दै

हुड्क्यौलीका जानकार बिरे दमाई अस्ताए

२०८१ असार १९, ०५:०४ खबर संवाददाता

बैतडीः हुड्क्यौलीका जानकार बिरे दमाईको निधन भएको छ।

बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला पाली घर भएका दमाईको ७१ वर्षको उमेरमा आज (बुधवार) बिहान निधन भएको हो। सुदूरपश्चिमका विभिन्न संस्कृतिमध्येको हुड्क्यौलीका जानकार दमाईको निधनले सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन्।

स्थानीय भाषामा भडाहा समेत भनिने हुड्क्यौली गायनमा प्रसिद्धि कमाएका दमाईको आज बिहान आफ्नै निवासमा निधन भएको हो। पछिल्लो समयमा प्यारालाइसिसबाट पीडित दमाईको मृत्यु भएको स्थानीय रामदत्त भट्टले बताए।

शुभकार्यमा गाइने हुड्क्यौलीका बिषयमा निकै जानकार रहेका दमाईको निधनले यो क्षेत्रको संस्कृतिमा ठूलो क्षति पुगेको उनले बताए। पछिल्लो पुस्तामा हुड्क्यौलीका बिषयमा जानकारी समेत नरहेको भट्टले बताए
 

कमेन्ट लोड गर्नुस