सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पार्किङ गर्न खोज्दा खोलामा बस खस्यो

२०७६ जेठ २०, ०६:४३ खबर संवाददाता

बझाङ जिल्लाको सिमखेत बसपार्कमा बस खसेको छ। महाकाली यातायातको ना ७ ख ६३७१ नम्बरको बस पार्किङ गर्न खोज्दा खसेको हो। बसपार्कमा सहचालक लक्ष्मण कुँबरले पार्किङ गर्न खोज्दा बस खसेपनि बसमा यात्रु भने कोही थिएनन्। 
बसपार्कमा रहेका तीन वटा टिकट काउन्टर भने भत्किएका छन्। बसपार्कबाट बस र सह चालक सहित झण्डै १ सय मिटर तल बाउली खोलाको किनारमा खसेको तर मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस