सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको कृषि क्षेत्रमा बैंकहरुले गरे १५ अर्ब ४० करोड लगानी

२०८१ असार १८, ०१:०७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा कृषि कर्जा बढेको छ।

नेपाल राष्ट्र बैंक धनगढीका अनुसार २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट कृषिमा प्रवाहित कर्जा २०८० असार मसान्तको तुलनामा ८ दशमलव शून्य ८ प्रतिशतले बढेको छ। सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाबाट लगानीमा रहीरहेको कृषि कर्जा बढेर १५ अर्ब ४० करोड २४ लाख पुगेको छ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा २० दशमलव ८३ प्रतिशतले बढेको थियो। समिक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालन÷पशुबधशालामा २० दशमलव ३१ प्रतिशत प्रवाह भएको छ भने सबैभन्दा कम सनपाटमा शून्य दशमलव शून्यशून्य एक प्रतिशत लगानी भएको छ। सुदूरपश्चिममा कुल प्रवाहित एक खर्ब ४० अर्ब ६६ करोड २५ लाख कर्जामध्ये कृषि क्षेत्रमा १० दशमलव ९५ प्रतिशत लगानी भएको छ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलालीमा ६६ दशमलव ३० र कञ्चनपुरमा २० दशमलव ८७ प्रतिशत लगानी भएको छ। त्यस्तै डडेल्धुरामा ३ दशमलव ४६, डोटीमा २ दशमलव १४, दार्चुलामा १ दशमलव ८३, बझाङमा १ दशमलव ७१, अछाममा १ दशमलव ५२, बैतडीमा १ दशमलव ४० र बाजुरामा शून्य दशमलव ७७ प्रतिशत लगानी भएको छ।

कमेन्ट लोड गर्नुस