सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट चेक अनादर र लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ असार १८, ०८:१० खबर संवाददाता

धनगढीः कैलालीबाट चेक अनादर र लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका-२ बस्ने ४४ वर्षीय बिरेन्द्रबहादुर शाही र लागुऔषध मुद्दामा २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका-१ बस्ने २४ वर्षीय भरत रावल पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीले दोषी ठहर गरेपछि फरार रहेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस