सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भुसा र पराल राखेको गोठमा आगलागी

२०८१ असार १८, ०७:५० खबर संवाददाता

धनगढीः कैलालीमा भुसा र पराल राखेको गोठमा आगलागी भएको छ। जिल्लाको गोदावरी नगरपालिका-१० खमौराका कर्णबहादुर मल्लको भुसा, पराल राखेको गोठमा सोमवार आगलागी भएको हो।

गोठमा आगलागी हुँदा गोठ भित्र रहेका प्लाष्टिकको खाली क्रेट, डिजलका खाली ड्रम, काठ, भुसा, पराल लगायतका सामान गरी अन्दाजी ४ लाख ६१ हजार ६६० मुल्य  बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उक्त आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस