सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

२०८१ असार १७, ०४:४२ खबर संवाददाता

काठमाडौँः नेप्से परिसूचकमा आज दोहोरो अङ्कले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य एक अङ्कले उकालो लागेर तीन सय ६१ दशमलव ७७ मा पुगेको छ।  कूल ७१ लाख ६५ हजार सात सय ३५ कित्ता शेयर दुई अब ९९ करोड ९९ दलाख ६५ हजार २१ मूल्यमा खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ७४, दोर्दी खोला जलविद्युत् कम्पनी आठ दशमलव ४७, कर्पोरेट डेभलपमेन्ट बैंक सात दशमलव ५२, हिमालयन बैंकको ऋणपत्र सात दशमलव ४८ र सानिमा बैंकको ऋणपत्रका लगानीकर्ताले सात दशमलव शुन्य सात प्रतिशतले कमाएका छन्। 
 

कमेन्ट लोड गर्नुस