सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपत्तिमा परेर घाइते भएकाको सरकारले निःशुल्क उपचार गरोस्ः माधव सापकोटा

२०८१ असार १७, ०२:३१

काठमाडौंः  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले, प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्। 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्राकृतिक विपत्तिमा परेर घाइते भएका नेपाली नागरिकको निःशुल्क उपचारको व्यवस्था मिलाउन राज्यका सबै संयन्त्रहरूलाई प्रभावकारी ढंगले परिचालनका लागि आग्रह गरे।

साथै उनले उनले भने,‘प्राकृतिक विपत्तिमा परेर घाइते सबै नेपाली नागरिकहरूका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइकन थप क्षतिहरू न्यूनीकरणका निमित्त राज्यका सबै संयन्त्रहरूलाई प्रभावकारी ढंगले परिचालनका निमित्त आग्रह गरे्। उनले शान्ति प्रक्रियाको काम अझै पनि टुङ्गो लाग्न नसकेको भन्दै चाँडो भन्दा चाँडो टुङ्ग्याउन समेत  माग गरे।   

कमेन्ट लोड गर्नुस