सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ दिल्ली पिकनिक मनाउन गएका एकै परिवारका ४ जनाको डुबेर मृत्यु

२०८१ असार १७, ०२:००


नयाँ दिल्ली नजिकै लोनावालामा आइतबार ठुलो दुर्घटना भएको छ।

लोनावलामा बिदा मनाउन गएका एकै परिवारका सात जना झरनाको पानीमा बगेका थिए। झरना भुसी बाँध पछाडिको पहाडमा थियो। नामध्ये दुई जनाले पौडिएर आफ्नो ज्यान बचाए। आइतबार तीन जनाको शव फेला परेको थियो । सोमबार अन्य दुई जनाको खोजी जारी थियो । खोजीका क्रममा थप एक शव फेला परेको थियो । योसँगै यस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।

बेपत्ता एक जनाको खोजी जारी रहेको बताइएको छ ।सो क्षेत्रमा धेरैजसो मानिसहरू मनसुनमा बिदा मनाउन आउने गरेका छन् । आइतबार पीडितको परिवार पनि पिकनिकको लागि मुम्बईबाट ८० माइल टाढा रहेको लोनावाला गएको थियो । आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँध पानीले भरिएको थियो।

जसका कारण झरनामा पानीको बहाव बढ्यो। घटना भिडियो क्यामेरामा कैद भएको छ। जसमा परिवारका सदस्यहरू एक अर्कालाई समातेर ढुङ्गामा उभिएको देख्न सकिन्छ। केही मिनेटमै पानीको तीव्र बहावमा परिवार नै बगे। उनीहरूले सहयोगका लागि हार गुहार गरेको पनि सुनिन्छ।

र पानीको बहाव तीव्र हुँदा मद्दतका लागि कोही पनि जान सकेनन्। घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेको थियो। उनीहरूले डोरी र ट्रेकिङ गियरले पीडितहरूलाई उद्धार गर्ने प्रयास गरेका थिए। प्रहरीका अनुसार पर्यटकहरू झरनामा चिप्लिएर जलाशयमा डुबेका थिए। 

कमेन्ट लोड गर्नुस